सुनको मूल्य ३०० रुपैयाँले घट्याे

सुनको मूल्य ३०० रुपैयाँले घट्याे

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १९, २०७८

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएकामा सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको हो ।

सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको महसंघले जनाएको छ ।