बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सीडी रेसियो पनि घट्यो

बैंकहरूमा ८ अर्ब निक्षेप थपियो, सीडी रेसियो पनि घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष १९, २०७८

गत साता बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ अर्ब रुपैयाँ बढेको छ । ४८ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत शुक्रबारसम्ममा निक्षेप बढेर ४८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ । 

बाणिज्य बैंकहरूको निक्षेप ४२ खर्ब ४३ अर्ब रुपैयाँबाट ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक तथा वित्त कम्पनीहरूको ५ खर्ब ६८ अर्ब रुपैयाँबाट वृद्धि भई ५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी पनि २ अर्ब रुपैयाँले वृद्धि भएको छ । कुल ऋण लगानी ४६ खर्ब १५ अर्ब रुपैयाँबाट वृद्धि भई ४६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । 

गत साता मात्र राष्ट्र बैंकले ११ अर्ब ४८ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको थियो । राष्ट्र बैंकले पुनर्कर्जा स्वीकृत गरी बैंक तथा वित्तीय संस्थामा पठाएपछि तरलताको अवस्था केही सहज देखिएको हो । 

तरलताको अवस्था सहज भएपछि बैंकहरूको औसत कर्जा-निक्षेप (सीडी) अनुपात पनि ९०.७६ प्रतिशतमा झरेको छ ।