अरुण भ्याली हाइड्रोको पौने १६ लाख कित्ता शेयर सूचीकृत

अरुण भ्याली हाइड्रोको पौने १६ लाख कित्ता शेयर सूचीकृत

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २१, २०७८

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । 

कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 

उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।