पीएम कप क्रिकेट टी- २० फर्म्याटमा

पीएम कप क्रिकेट टी- २० फर्म्याटमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २२, २०७८

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिता टी- २० फर्म्याटमा आयोजना गर्ने भएको छ । 

क्यानका कार्यवाहक सविच प्रशान्तविक्रम मल्लले २६ पुसदेखि सुरु हुने प्रतियोगिता अब टी- २० फर्म्याटमा हुने बताए । ‘आज राखेपबाट स्वीकृत भएको छ । अब टी- २० फर्म्याटमा प्रतियोगिता हुन्छ’, उनले भने । 

यसअघि प्रतियोगिता एक दिवसीय (५० ओभर) हुने गरेको थियो । नेपालले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी टी- २० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीमा लागि नेपाली टोलीले आफ्नो अभ्याससमेत सुरु गरिसकेको छ । 

२६ पुसदेखि हुने भएसँगै क्यानले सहभागी खेलाडीलाई छाड्नेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ३६ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको कार्यवाहक सचिव मल्लले जनाए ।