नेपालमा थप २४ जनालाई ओमिक्रोन भेरिएन्ट संक्रमण देखियो

नेपालमा थप २४ जनालाई ओमिक्रोन भेरिएन्ट संक्रमण देखियो

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष २३, २०७८

सरकारले थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको जानकारी दिएको हो । 

२४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ । 

‘पुस महिनामा संकलित जम्मा कोरोना भाइरसका एक हजार १४६ पोजिटिभ नमुनाहरूको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा एस जिन नेगेटिभ पत्ता लागेको छ । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ वटामा नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा  सबै नमुनाहरूमा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको हो’, मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपालमा पहिलो पटक २० मंसिरमा २ जनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।