सपनामा देखेको नम्बरले दिलायो १० लाख डलर

सपनामा देखेको नम्बरले दिलायो १० लाख डलर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३१, २०७६

काठमाडौं । अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् ।

उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई चिठ्ठा परेको खबर थाहा पाएका हुँ । मैले निरन्तर आफ्ना भाग्यको प्रयास जारी राखेथेँ । मलाई एक दिन ती संख्यामा चिठ्ठा पर्नेमा पूर्ण विश्वास थियो ।’

साथै उनले विगतमा पनि सोही नम्बरमा आफूलाई सानो परिमाणका चिठ्ठा परिसकेको बताएका छन् । उनले यी आफ्नो भाग्याशाली संख्या भएकाले अझै पनि सोही नम्बरको चिठ्ठा किन्न नछोड्ने पनि बताएका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।