'निर्मला पन्तको विषयमा सरकार किन मौन ?'

'निर्मला पन्तको विषयमा सरकार किन मौन ?'

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २३, २०७८

नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । 

काठमाडौंको मूलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन रहेको भन्दै प्रश्न गरे । 

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, 'अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’ 

११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।