नेप्सेको सीईओका लागि ५ आवेदक छनोट, कोको परे ?

नेप्सेको सीईओका लागि ५ आवेदक छनोट, कोको परे ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २३, २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा ५ जना छनोट भएका छन् । 
    
प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा ५ आवेदकलाई छनोट गरिएको समितिद्वारा जारी सूचनामा उल्लेख छ ।
    
छनोट भएका उम्मेदवारमा रिब्दीकोट- ७ पाल्पा निवासी कृष्णबहादुर कार्की, ललितपुर- २३ निवासी डा. केशवप्रसाद श्रेष्ठ, शान्तिनगर झापा निवासी प्रवीन पन्धाक, शिवसताक्षी झापा निवासी रमेश घिमिरे र आँटफैला नवलपरासी निवासी डा. रमेशकुमार भण्डारी रहेका छन् ।  
समितिको सूचनाअनुसार छनोटमा परेका उम्मेदवारका लागि आगामी आइतबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताकोे मिति तय गरिएको छ । सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्वसीईओ चन्द्रसिंह साउदले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको पदमा नयाँ नियुक्त गर्न छनोट समिति बनाएर उम्मेदवारी माग गरिएको थियो ।
    
समितिले उल्लेखित उम्मेदवारबाट ३ जनाको नाम सिफारिस गर्नेछ र त्यसमध्ये मन्त्रिपरिषद्ले एक जनालाई ४ वर्षका लागि नेप्सेको कार्यकारी अधिकृतमा छनोट गर्नेछ ।