टोखावासीलाई  चाकु बनाउने चटारो

टोखावासीलाई  चाकु बनाउने चटारो

लोकसंवाद संवाददाता  |  समाज  |  पुष २५, २०७८

काठमाडौँ ।  काठमाडौँबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्रकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमि टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको रसबाट सख्खर बनाएर चाकुका लागि कच्चापदार्थ उत्पादन गरिन्थ्यो । जाडो याममा शरीरलाई न्यानो बनाउन चाकु खाने पुरानो संस्कार हो। माघे सन्क्राती नजिकिएसँगै अहिले टोखावासी चाकु बनाउन व्यस्त देखिन्छन् । 

टोखा परम्परागत चाकु संरक्षक समाजभित्र १३ चाकु उद्योग छन। वर्षको दुई महिना (मंसिर र पुस) मा ३०० देखि ४०० जनाले रोजगारी पाउने , एउटा उद्योगबाट एक लाख ६५ किलोसम्म चाकु बेच्ने गरेको तथा महिनामा ३ देखि ४ लाखसम्म आमदानी हुने गरेको टोखा परम्परागत चाकु संरक्षक समाजका  अध्यक्ष कृष्ण श्रेष्ठले बताउँछन् ।  
 
एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँ सम्म ,खुवा चाकु सुत्केरी चाकु र स्पेसल चाकु प्रति किलोको १८० रुपैयाँ पर्न जाने उनी बताउँछन् ।