कालिजलाई  हानेको भरुवा बन्दुकको छर्रा लाग्दामनोज विकको मृत्यु

कालिजलाई  हानेको भरुवा बन्दुकको छर्रा लाग्दामनोज विकको मृत्यु

न्युज कारखाना  |  अपराध  |  पुष २६, २०७८

कास्की ।  स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा २० पुस राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका-१ कालिखर्कका २७ वर्षीय मनोज विकको मृत्यु भएको हो ।

भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।

आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विक समातिएका छन् । सोही ठाउँका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट पक्राउ गरिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनीहरुलाई कर्तब्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।