आइसिसीको निर्णय : विश्वकप टिमसँग एन्टी–करप्सन अफिसर राखिने

आइसिसीको निर्णय : विश्वकप टिमसँग एन्टी–करप्सन अफिसर राखिने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ३१, २०७६

लण्डन । क्रिकेटको महाकुम्भ मानिने विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुन दुई हप्ताभन्दा बढी समय मात्रै बाँकी छ ।

प्रतियोगिता सफल बनाउन इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) विभिन्न निर्णय गरिरहेको छ । यस्तैमध्येको एक हो- विश्वकपका हरेक टिमसँग एक एन्टी-करप्सन अफिसर राख्ने निर्णय ।

आइसिसीले प्रतियोगितामा फिक्सिङ र धाँधली हुन नदिन हरेक टिमसँग एक एन्टी-करप्सन अफिसर राख्ने निर्णय गरेको जनाएको छ । अफिसरको नियुक्ति आइसिसीले नै गर्नेछ ।

यी अफिसर विश्वकपको वार्मअप म्याचदेखि प्रतियोगिताको अन्त्यसम्म टिमसँगै रहने खबर समाचार संस्था पिटिआइमा उल्लेख छ ।