सुन तोलामा ३ सयले गिरावटः प्रतितोला ९१ हजार ६सय रुपैयाँ कायम

सुन तोलामा ३ सयले गिरावटः प्रतितोला ९१ हजार ६सय रुपैयाँ कायम

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २६, २०७८

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा  फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताकाे पहिलाे दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ  कायम भएकोमा दाेस्राे दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८ सय ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २सय२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २सय२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ४६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।