घरमा सुख-समृद्धिका लागि गर्नुस् यी पाँच काम

घरमा सुख-समृद्धिका लागि गर्नुस् यी पाँच काम

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  बैशाख ३१, २०७६

काठमाडौं । वास्तु शास्त्रमा घरमा सुख-समृद्धि ल्याउन विभिन्न प्रकारका उपाय उल्लेख गरिएको छ ।

घरमा केही वस्तु राखेर परिवारमा खुसीयाली ल्याउन सकिने वास्तुशास्त्रमा उल्लेख छ । यस्तै, केही वस्तु हटाएर पनि घरमा सुख-समृद्धि ल्याउन सकिन्छ, जुन यसप्रकार छन् ।

चर्किएको भित्ता मर्मत गर्नुस्

घरको भित्ताको वास्तु विज्ञानमा ठूलो महत्व छ । वास्तुशास्त्रका अनुसार यदि घरको भित्ता चर्किएको छ भने त्यसलाई चाडोभन्दा चाडो मर्मत गर्नुस् । नत्र धन हानी हुन सक्छ । किनकि यस्तो घरमा लक्ष्मीको बास हुँदैन ।

फुटेको सिसा वा ऐना हटाउनुस्

यदि तपाईको घरको ऐना, झ्याल वा ढोकाको सिसा फुटेको छ भने त्यसलाई तुरुन्तै फेर्नुस् । वास्तुशास्त्रका अनुसार फुटेको काँचले नकारात्मक ऊर्जा बढाउँछ र यसले स्वास्थ्य र धनको हानी गर्छ ।

छत सफा गर्नुस्

वास्तुशास्त्र अनुसार घरको छतबाट परिवारको धनआर्जन र मानसम्मानलाई हेरिन्छ । छतमा फोहोर तथा कवाड राखिए धनसम्बन्धी समस्या हुने तथा मानसम्मान नबढ्ने वास्तुशास्त्रमा उल्लेख छ ।

धाराबाट पानी चुहिन नदिनुस्

वास्तुशास्त्र अनुसार धाराबाट निरन्तर पानी चुहिनु वास्तुदोष मानिन्छ । यसले धनहानी हुन्छ । जसरी धारामा पानी चुहिन्छ, त्यसरी नै बचत धन खर्च हुने मानिएको छ ।

देवी–देवताको फुटेको मूर्ति नराख्नुस्

यदि घरमा देवी–देवताको फुटेको मूर्ति छ भने त्यो तुरुन्तै हटाउनुस्, किनकि यसले नकारात्मक ऊर्जा दिन्छ र धन हानी गर्छ ।