लेखनाथ पुस्तकालय चन्द्रगढी: चार सर्जकलाई नगद र प्रमाण पत्रसहित सम्मान अर्पण

लेखनाथ पुस्तकालय चन्द्रगढी: चार सर्जकलाई नगद र प्रमाण पत्रसहित सम्मान अर्पण

लोकसंवाद संवाददाता  |  साहित्य  |  पुष २६, २०७८

 झापा । कविशिरोमणि लेखनाथ पौड्यालको १३८ औँ जन्म जयन्ती अवसर पारेर नेपाली  भाषा र साहित्यमा योगदान गर्नु हुने चार स्रष्टा सर्जकहरुलाई नगद र प्रमाण पत्रसहित सम्मान अर्पण गरिएको छ । 

लेखनाथ पुस्तकालय चन्द्रगढीले आयोजना गरेको  कार्यक्रममा ५१ हजार राशि र प्रमाणपत्र सहितको  श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान तथा पुरस्कारद्वारा सिलिगुडीका शुकराज दियाली, ५१ हजार राशि र प्रमाणपत्र सहितको श्यामकृष्ण–कामक्षा श्रेष्ठ साहित्य सम्मान तथा पुरस्कार झापास्थित वनियानी निवासी डिल्लीराज नेपाल, ५ हजार राशि र  प्रमाणपत्र सहितको भक्त–किरण साहित्य सम्मान तथा पुरस्कारबाट भद्रपुर–१० निवासी भानुभक्त कुभिण्डेली र २५ हजार राशि र प्रमाणपत्रसहित चूडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कारबाट  विराटनगर निवासी मधु पोखरेललाई अर्पण गरिएकाे हो । 

कार्यक्रम लेखनाथ पुस्तकालयका सहसचिव हरिप्रसाद न्यौपानेको सञ्चालन, अध्यक्ष नवराज घिमिरेको अध्यक्षता, प्रा. डा. बद्री विशाल पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सुप्रसिद्ध भाषा शास्त्री, साहित्यकार, झर्रो नेपालीका अभियन्ता गुरु चूडामणि रेग्मी, रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष कोमल प्रसाद पोखरेल, कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेल, असम नेपाली साहित्य सभाका पूर्व सभापति डम्बर दाहाल, सिलीगुडीका साहित्यकार युवराज काफ्लेको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 

यस्तै कार्यक्रममा झापा जिल्ला स्तरीय छन्दोबद्ध कवि सम्मान तथा पुरस्कारद्वारा झापा बिर्तामोड निवासी इन्द्रप्रसाद कटुवाल, श्यामकृष्ण–कामक्षा श्रेष्ठ छात्रा प्रोत्साहन पुरस्कार स्वरूप वीरेन्द्र मा.वि. बाट कक्षा ८ मा सर्वाधिक अङ्क ल्याउने छात्रा आइसा श्रेष्ठ तथा स्वीकृति पौडेल,  शकुन्तला–गणेशप्रसाद भट्टराई छात्रा प्रोत्साहन पुरस्कार पुरस्कार कक्षा ९ बाट सर्वाधिक अङ्क ल्याई उत्तीर्ण हुने कशिस श्रेष्ठ पुरस्कृत गरिएको थियो । 

भद्रपुरबाट प्रथम कृति प्रकाशन गर्ने स्रष्टाहरू जनार्दन उप्रेती तथा खगेश्वर कोइरालालाई  समेत कार्यक्रमा सम्मान गरिएको थियो । यस्तै निबन्ध प्रतियोगितामा विजय प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीलाई पनि पुरस्कृत गरिएको थियो । 

प्रमुख अतिथि प्रा.डा.  बद्री विशाल पोखरेल, विशिष्ट अतिथिहरू कोमल प्रसाद पोखरेल, चन्द्र भण्डारी, गङ्गाप्रसाद ओली, पुण्यप्रसाद खरेल, डम्बर दाहाल, युवराज काफ्ले, गुरु चूडामणि रेग्मीसमेतले पुरस्कृत प्रतिभाहरूलाई बधाई दिनु भएको थियो ।

 कार्यक्रममा अतिथिको रुपमा पुष्प पोखरेल, हिराप्रसाद पोखरेल, दुर्गाप्रसाद भट्टराई, प्रदीपमणि रेग्मी, केशव भट्टराई, रेवती रमण घिमिरे, डा.पुण्यप्रसाद सिग्देल, प्रा.डा.गंगाप्रसाद अधिकारी, पूर्व न्यायाधीश शारदा कोइराला, सहप्राध्यापक होम सुवेदी, सहप्राध्यापक चूडामणि वाशिष्ठ, तारा विविध, डा.ठाकुरप्रसाद पोखरेल, लक्ष्मी पौडेल, विजय खरेल, पं.रघुनाथ रिमाल, जनार्दन उप्रेती, मनि कुमार दियाली, घनेन्द्र शर्मा, कृष्ण सुवेदी निराकार, देवी चरण भण्डारी, विनोद खनाल, मिना अधिकारी, मातृका संग्रौला, टीका भट्टराई नेपाल, गीता सुवेदी नेपाल, लक्ष्मी अच्युत ढुङ्गाना, महेन्द्र दूरगामी भट्टराई, तुलसीप्रसाद भट्टराई, लता खरेल, प्रलेस अध्यक्ष राजेन्द्र संग्रौला, अनिरुद्ध सिटौला तथा सिलगढीका २० जति स्रष्टा सहभागी समेत १५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।