दाजुका ‘टाँकीका फुलहरू’  बजारमा

दाजुका ‘टाँकीका फुलहरू’  बजारमा

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख ३१, २०७६

काठमाडौँ । दुई दशकदेखि हङकङलाई आफ्नो कर्मथलो बनाएर साहित्य सिर्जना गर्दै आउनु भएका संखुवासभाका स्रष्टा दाजु गुरुङ कथासङ्ग्रह लिएर बजारम आएका छन् । 

आफ्नै गृहजिल्लाको एक क्याम्पसमा प्राध्यापन गर्दागर्दै हङकङ पुगेका कवि समेत रहेका स्रष्टा गुरुङले ‘टाँकीका फुलहरू’ नामक कथा सङ्ग्रह लिएर बजारमा आएका हुन । डायास्पोरिक स्वाद मिसिएका उनका कथाहरूको सङ्ग्रह ‘टाँकीका फुलहरू’ पाँच महिनाभित्रै तेस्रो संस्करण निकालिएको जानकारी गराइएको छ । 

कथा सङ्ग्रहमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइलाई  समेटिएको छ ।  आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ–साम, मङ्की हल, मौइसी, सरी, मर्निङ बालक, बाटो बिराएको मान्छ गरी १७ वटा कथा समाविष्ट रहेका छन् । कथामा उनले नेपालीले हङकङमा पुगेर त्यहाँको अत्याधुनिक समाजमा गरेको सङ्घर्ष र मानसिक उतारचढाव एवं मनोविज्ञानलाई मिहिन सरल ढङ्गले प्रस्तुत गरिएको छ ।