खुम्चिँदै चन्द्रमा

खुम्चिँदै चन्द्रमा

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  बैशाख ३१, २०७६

काठमाडौं । पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा निरन्तर खुम्चिँदै गएको छ ।

नासाले लुनर रिकनिसेन्स अबिटर (एलआरओ)बाट लिइएका तस्बिरको अध्ययनपछि सोमबार प्रकाशित रिपोर्टमा यसको खुलासा गरेको हो ।

नासाले चन्द्रमाका १२ हजारभन्दा बढी तस्बिर विश्लेषणपछि चन्द्रमाको उत्तरी धु्रव नजिकको बेसिन ‘मारे फ्रिगोरिस’मा छिद्र बनिरहेको र यसले आफ्नो स्थानसमेत छाडिरहेको जनाएको छ । ‘मारे फ्रिगोरिस’ चन्द्रमाको विशाल बेसिनोमध्ये एक हो । भूवैज्ञानिकका अनुसार यो मृत स्थल मानिन्छ ।

भूवैज्ञानिकका अनुसार चन्द्रमाको धर्तीमा टैक्टोनिक प्लेट छैन । तर, पनि यहाँ टैक्टोनिक गतिविधि भइरहेको छ । यसले वैज्ञानिक हैरान भएका छन् । चन्द्रमामा यस्तो गतिविधि शक्ति क्षयीकरणको प्रक्रियाका क्रममा ४.५ अरब वर्षअघि भएको वैज्ञानिकको भनाइ छ । यसका कारण चन्द्रमाको सतह छोहरा तथा किसमिसजस्तै हुन्छ । र, भूकम्प जान्छ ।

शक्ति क्षयीकरणको प्रक्रियाका कारण चन्द्रमा १५० फिट (५० मिटर)सम्म खुम्चिएको वैज्ञानिकको भनाइ छ । युनिभर्सिटी अफ मेरी ल्याण्डका भूगर्भ वैज्ञानिक निकोलस चेमरले भनेका छन्, ‘चन्द्रमामा लाखौं वर्षअघि भएका भूगर्भीय गतिविधि अहिले पनि भइरहेको अधिकतम सम्भावना छ ।’

स्मरण रहोस्, सबैभन्दा पहिले अपोलो मिसनका अन्तरिक्ष यात्रीले सन् १९६०–१९७० को दशकमा चन्द्रमामा भूकम्पीय गतिविधिको मापन गरेका थिए । यो खबर अमरउजाला डट कमबाट साभार गरिएको हो ।