‘पृथ्वीनारायणले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी कुन देशको राष्ट्रपति र शेरबहादुर कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’

‘पृथ्वीनारायणले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी कुन देशको राष्ट्रपति र शेरबहादुर कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २७, २०७८

गृह मन्त्रालयले एक सूचना जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको छ । कोभिड महामारी तीव्र बढेपछि रोकथाम र न्यूनीकरणका लागि गृहले देशभर सर्कुलर गरेको हो । तर, गृह मन्त्रालयको सूचना जारी भएको ३६ घन्टा बित्न नपाउँदै राज्य र नागरिकस्तरमै त्यसको उल्लंघन गरिएको छ ।

पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भीड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त ढंगले राष्ट्रिय एकता दिवस मनाउन थालिएको छ । 

सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा चढाउने र माल्यार्पण गर्नेको भीड लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पगुच्छा चढाएर फर्केलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह माल्यार्पणका लागि पुगेका थिए । त्यस बेला सयौँको भीड लागेको थियो । उनका समर्थकले नाराबाजी गरेका थिए ।

पृथ्वीजयन्तीको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा कोणसभा आयोजना गरेको छ । त्यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हजारौँको जुलुस लिएर पृथ्वीनारायण शाहको शालिकमा फूलमाला चढाउन पुगेका थिए । सबैले स्वास्थ्य सतर्कता पालना गरेको देखिएन ।

सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’