३ हजार ४५ निर्माणकर्मीसँग अन्तरक्रियासहित ५ लाखको जोखिम बिमा लिएर पुग्यो शिवम् सिमेन्ट

३ हजार ४५ निर्माणकर्मीसँग अन्तरक्रियासहित ५ लाखको जोखिम बिमा लिएर पुग्यो  शिवम् सिमेन्ट

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २७, २०७८

काठमाडौँ । शिवम् सिमेन्ट लि.ले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसंग निर्माण सम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरुको  ५ लाख बराबरको जोखिम बिमा समेत गराएको  जनाएकाे छ ।

शिवम् सिमेन्टकाअनुसार  अन्तर्क्रिया कार्यक्रममा उपस्थित निर्माण कर्मीहरुलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कर्मीहरुलाई दिनहुँ आई पर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो । सो अन्तर्क्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुको लागि  ५ लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो । यसका साथै उपस्थित ३ हजार ४५ निर्माण कर्मीहरूलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरू, ब्याग, टिफिन बक्स आदिका साथै इन्सुरेन्स पोलिसी समेत हस्तान्तरण गरेको थियो ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्र अन्तर्गत सङ्खुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर तथा भक्तपुर लगायतका जिल्लाहरूको विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरिएको थियो ।

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्री पछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आइरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गर्न सकिने समेत जनाएकाे छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आई रहेका हुन्छन् उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरू को लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको थियो । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरू सँगको समन्वयमा यस अन्तरक्रिया तथा निःशुल्क बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

'भरोसा अटुट सम्बन्धको', ' गुणस्तरको पहिचान हो शिवम्', 'गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ' मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक NS Quality award-2019 प्रथमबाट सम्मानीत भएको थियो ।

आपीसी  सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली इएऋ सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा  ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।