४३ डिग्री तापक्रममा १५ घण्टाको व्रत

४३ डिग्री तापक्रममा १५ घण्टाको व्रत
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७६

बाँके । ४३ डिग्रीको तापक्रम अनि शरीर नै पोल्ने गरी चलिरहेको तातो हावा (लु) मा बाँकेका मुस्लिम समुदायका महिला/पुरुष १५ घण्टाको निराहार रोजा (व्रत) बसिरहेका छन् ।

देशकै सबैभन्दा बढी गर्मी हुने स्थानको रुपमा परिचित नेपालगञ्जका अधिकांश मुसलमानले गर्मीको परवाह नगरी बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म पानी समेत नखाई रोजा बसिरहेको धार्मिक अगुवा मौलाना अब्दुल जब्बार मन्जरीले बताए । ‘यही त उपरवालाको परीक्षा हो, उसले हेर्न चाहन्छ प्रतिकूल मौसममा पनि कसले रोजा बसेर त्याग गर्छ र कसले आफ्नो मनोमानी गर्छ,’ धर्मगुरु मन्जरीले भने ।

अत्यधिक गर्मी र तातो हावामा पनि रोजा बस्नेहरुमा धेरैजसो ती सामान्य मानिस छन् जसले विभिन्न कलकारखानामा काम गर्छन्, रिक्सा चलाउँछन् वा मजदुरी गर्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सिराजुद्दिन खानले लेखेका छन् ।