स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बढाउन सांसद्हरूको दबाब

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बढाउन सांसद्हरूको दबाब
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७६

काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरूले लबिङ बढाएका छन् ।

कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् ।

प्रत्येक निर्वाचन क्षेत्रमा यो कार्यक्रममार्फत चार करोड रुपैयाँ दिइँदै आएको समाचार आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन् ।