वैकल्पिक सिकाइका उपाय अवलम्बन गर्न एनसीईको माग

वैकल्पिक सिकाइका उपाय अवलम्बन गर्न एनसीईको माग

लोकसंवाद संवाददाता  |  शिक्षा  |  पुष २८, २०७८

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरकारले १५ माघसम्मका लागि गरेको विद्यालय बन्द गर्ने निर्णय ‘खास कारणवश’ भएको जनाउँदै उक्त अवधिमा विद्यार्थीको सिकाइ निरन्तर हुनुपर्ने माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एनसीईले भनेको छ, ‘विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई संक्रमण हुन र हुने त्रासदीबाट सुरक्षित राख्ने राज्यको दायित्व हो । अझ सुरक्षित र भयरहित वातावरणमा पढ्न र सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार सुनिश्चित गर्न सरकार, नागरिक मिाज, विद्यालय, अभिभावक तथा सबै सरोकारवालाहरूले स्वास्थ्य सचेतना अपनाई सिकाइका वैकल्पिक उपायहरू व्यवस्था गर्नुपर्दछ ।’

एनसीईले केन्द्र, प्रदेश र स्थानीय सरकारहरू र सम्बद्ध सबै सरोकारवालाहरूलाई वैकल्पिक सिकाइका उपाय अवलम्बन गरेर भए पनि सिकाइ कार्यलाई नरोक्न अपिल पनि गरेको छ । साथै, सबै बालबालिकाहरूलाई कोभिडविरुद्धको खोप लगाउन पनि एनसीईले माग गरेको छ ।