अपराधका प्रकृति फेरिए, ४१ प्रकारका अपराधमा उजुरी शून्य

अपराधका प्रकृति फेरिए, ४१ प्रकारका अपराधमा उजुरी शून्य

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १, २०७६

काठमाडौं । कुनै बेला निकै ठूलो संख्यामा उजुरी पर्ने गर्भपतन, भू्रण हत्या र हाडनाता करणी जस्ता जघन्य अपराधसँग सम्वन्धित मुद्दा काठमाडौँ उपत्यकाको प्रहरी कार्यालयहरूमा आउन छाडेका छन् ।

समाज परिवर्तनसँगै शिक्षा, सचेतना र सूचना प्रविधिको विकासले यस्ता कतिपय अपराधका घटना शून्यमा झरेका छन् भने केही घटनामा कमी आउनुमा कानुनी सुधार तथा प्रहरीको सक्रियता प्रमुख कारक रहेको पाइएको छ ।

महानगरीय प्रहरी कार्यालय अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटा प्रहरी परिसर र परिसर अन्तर्गत वृत्तहरूबाट १७३ प्रकारका अपराधको अनुसन्धान तथा कानुनी कारवाहीका लागि मुद्दा दर्ता हुने गर्छन् । तीमध्ये ४१ भन्दा बढी अपराध तथा अपराधजन्य घटनाहरू करिब शुन्यको अवस्थामा पुगेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका मुद्दा शाखा प्रमुख मोहन थापा गर्भपतन, भ्रुणहत्या र हाडनाता करणी अपराध हुनै छोडेको बताएको समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।