यी चिज खानुहोस् जाडोबाट बच्न

यी चिज खानुहोस् जाडोबाट बच्न

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  पुष २८, २०७८

अहिले जाडो मौसम छ । त्यसमाथि कोरोना महामारीले विश्व नै आक्रान्त छ । यस्तो समयमा जाडोसँगै कोरोना जोखिमबाट समेत बच्न जरुरी छ ।

जाडोमा आफू कसरी बच्ने र परिवारका सदस्यलाई कसरी बचाउने भन्ने चिन्ता हामी हरेकमा छ । यस्तो बेला मूलत: खानेकुरामा बढी ध्यान िदनसपर्ने चिकित्सकहरूको सुझाव हुन्छ । खानपान र जीवनशैली धेरैजसो रोगका कारक हुन् भन्ने गरिन्छ र यी कुरामा ध्यान दिएमा धेरै रोगहरूबाट जोगिन सकिने विज्ञहरू बताउँछन् ।

विज्ञहरूका सुझावमा जाडो समयमा यी कुराहरू खानु फाइदाजनक छ ।

अदुवा : हरेकजसो घरमा मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाई राख्न अत्यन्तै सहयोगी चिज हो । बहुऔषधिको गुण भएको अदुवाले शरीरको दुखाइ कम त गर्छ नै, स्त्री रोगका विभिन्न समस्या समाधान गर्न पनि मद्दत गर्छ । जाडो सुरु भएपछि तरकारीमा अदुवा राखेर खाने गर्नाले यसले धेरै शारीरिक समस्याबाट मुक्ति दिन्छ । काँचो अदुवा सेवन गर्नु उचित मानिन्छ ।

काजु, बदाम र पिस्ता: यी चिज दैनिक सेवन गर्नाले शरीरलाई तातो बनाइ राख्छन् । साथै, यी चिज तागितला र राेग प्रतिरोधी क्षमता बढाउन सहयोगी मािनन्छन् ।

आलस: आलसलाई भुटेर धुलो बनाएर बिहान दूध वा पानीसँग केही चम्चा खाने गर्नाले दिनभर शरीर न्यानो बनाउँछ । आलसलाई अचारका रूपमा प्रयोग गर्ने र बेलुका पनि दूध वा पानीसँग आलस खाने गर्नाले आलसमा भएको ‘ओमेगा थ्री फ्याट्टी एसिड’ले शरीरलाई तातो बनाई राख्छ ।

बेसार: शरीरलाई तातो बनाउन बेसार पनि उपयोगी हुन्छ ।

सुप: जाडोमा सुप बनाएर खानुपर्छ । सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो । त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ । गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ । यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ । यसरी नै चिकेन सुपले शरीरलाई तातो दिन्छ । जाडोमा चिकेन वा खसीको खुट्टा तथा टाउकोको सुप बनाएर खान सकिन्छ ।