सुनकाे मूल्य ताेलामा ३ सयले बढ्यो

सुनकाे मूल्य ताेलामा ३ सयले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २९, २०७८

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार२ सय रुपैयाँमा  कारोबार भएको थियो ।

 चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।