डेढ सय सहकारीको सम्पत्ति रोक्का

डेढ सय सहकारीको सम्पत्ति रोक्का

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १, २०७६

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कर्जा नतिर्ने डेढ सय सहकारीको अचल सम्पत्ति रोक्का गर्न सुरु गरेको छ।

युवालाई स्वरोजगार बनाउने नाममा कोषबाट सहुलियत ब्याजदरमा लिएको कर्जा निर्धारित समयमा नतिरेपछि कोषले मुलुकभरका एक सय ४८ सहकारीको सम्पत्ति रोक्का गर्न पत्राचार गरेको हो।

तीमध्ये ८४ वटा सहकारीको घरजग्गा रोक्का भइसकेको छ। बाँकीको रोक्का हुने क्रममा छ। कोषका अनुसार यी सहकारीले करिब १९ करोड ४३ लाख रुपैयाँ तिर्न बाँकी छ।कोषले सहकारी, सञ्चालक, व्यक्तिको घरजग्गासहित अन्य सेवा सुविधासमेत रोक्का गरेको छ। कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले सम्झौताअनुसार कर्जा नतिरेपछि कारबाही अघि बढाएको जानकारी दिएको समाचार आजको नागरिक दैनिकमा दिलिप पौडेलले लेखेका छन् ।