च्यासल युथ क्लबका २ जना खेलाडीलाई कोरोना

च्यासल युथ क्लबका २ जना खेलाडीलाई कोरोना
ढुसी काेराेन

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष २९, २०७८

शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका २ जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । 

गत साता पोखरामा मनाङ-मर्स्याङ्दीसँग खेलेर काठमाडौं फर्किएका २ जना खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षक आशिष थापा मगरले जानकारी गराए । उनका अनुसार गोल रक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो । 

गत हप्ता पोखरा रंगशालामा च्यासल ५-० ले पराजित भएको थियो । त्यसपछि काठमाडौं आएसँगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले जानकारी गराए । दुवै जना टोलीका नियमित खेलाडीसमेत हुन् । अब नवौँ चरणमा च्यासलले पुलिससँग खेल्दै छ । 

यता, जावलाखेलसमेत खेलाडी बिरामी हुँदा बिहीबारको बिहानी सत्रमा १४ जना खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो । 

मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघा-खोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्र अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए ।