मेगा बैंक: भक्तपुरका महत्त्वपूर्ण स्थानहरूमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग

मेगा बैंक: भक्तपुरका महत्त्वपूर्ण स्थानहरूमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग

लोकसंवाद संवाददाता  |  कारोबार  |  पुष २९, २०७८

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्त्वपूर्ण स्थानहरूमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । 

मेगा बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलका अनुसार बैंककी  सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा उक्त समितिका संयोजक प्रदीप कुमार श्रेष्ठ, कोषाध्यक्ष नवीन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो । 

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताउनुभयो ।