राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

राष्ट्रिय जनमोर्चाका प्रदेश सम्मेलन फागुनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष २९, २०७८

राष्ट्रिय जनमोर्चाले आगामी ६ र ७ फागुनमा प्रदेश सम्मेलन गर्ने भएको छ ।

यसअघि पार्टीले आउँदो १५-१६ माघमा प्रदेश सम्मेलन तोकेको थियो । पछिल्लो समय कोभिड- १९ को नयाँ भेरिएन्टको बढ्दो जोखिम र कतिपय आवश्यक तयारी पूरा हुन नसकेका कारण ७ वटै प्रदेश सम्मेलन केही सातापछि सारेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।

देशव्यापी रूपमा संगठन सुदृढीकरण अभियान थालेको पार्टीले मातहतका प्रदेश, जिल्ला, स्थानीय कमिटीलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्र राजनीतिक कार्यक्रम संचालन गर्न आग्रह गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने समस्या समाधानमा जनवर्गीय संगठनलाई निर्देशन गरेको पार्टीले भीड हुने सभा, सम्मेलनलाई समेत स्थगन गरेको छ ।