तराईमा हुस्सु, दिउँसो यी प्रदेशमा १ को पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

तराईमा हुस्सु, दिउँसो यी प्रदेशमा १ को पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

लोकसंवाद संवाददाता  |  समाज  |  पुष ३०, २०७८

काठमाडौँ ।   हाल देशमा पश्चिमी बायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ ।  पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी  भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

शनिवार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।