स्थानीय तह निर्वाचन : छलफल गर्न आज सर्वदलीय बैठक

स्थानीय तह निर्वाचन : छलफल गर्न आज सर्वदलीय बैठक

लोकसंवाद संवाददाता  |  समाचार  |  पुष ३०, २०७८

काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा आज शुक्रवार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदै छ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन थाल्दा निर्वाचनको तयारी आयोगले थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।