आर्सनल र  लिभरपुललाई गोलरहित बराबरमा

आर्सनल र  लिभरपुललाई गोलरहित बराबरमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  पुष ३०, २०७८

काठमाडौँ ।   १० खेलाडीमा सीमित आर्सनलले काराबाओ कप (इएफएल) मा लिभरपुलसँग गोलरहित बराबर खेलेको छ । 

बिहीबार एन्फिल्डमा भएको खेलमा २४औँ मिनेटमा ग्रानिट साकाले सिधै रातो कार्डपाएपछि १० खेलाडीमा सीमित माइकल अर्टेटाको आर्सनल लिभरपुललाई पहिलो लेगमा बराबरीमा रोक्न सफल भएको हो । 

अब, अर्काे लेग आर्सनल मैदानमा हुनेछ । जसको विजेताले उपाधिका लागि चेल्सीसँग खेल्नेछ । चेल्सीले समग्रमा टोटनहमलाई ३-० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।