२५ रुपैयाँमा पेटभर खाना !

२५ रुपैयाँमा पेटभर खाना !

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १, २०७६

रूपन्देही । २५ रूपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रूपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत् खाना खुवाउने जमर्को गरेका हुन् ।

मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।