यी बलिउड सेलिब्रेटी, जो विलासी गाडी चढ्छन्

यी बलिउड सेलिब्रेटी, जो विलासी गाडी चढ्छन्

एजेन्सी  |  लोकरञ्जन  |  पुष ३०, २०७८

बलिउडका सेलिब्रेटीहरू आफ्नो व्यावसायिक कामबाहेक विलासी जीवन बिताउन उत्तिकै चर्चित छन् । उनीहरू लक्जरी गाडीमा सवार हुन मनपराउँछन् । बलिउडका केही कलाकारसँग त बुलेटप्रुफ गाडी नै छ ।

अभिनेता आमिर खानसँग मर्सिडिज एस ६०० गार्ड नामको बुलेटप्रुफ कार छ । बलिउडकी बोल्ड अभिनेत्रीमध्ये एक कंगना रनावतसँग बीएमडब्ल्यू ७ सिरिज गार्ड कार छ, जुन आफैँमा बुलेटप्रुफ हो ।

ग्लोबल स्टार प्रियंका चोपडासँग रोल्स रोयस फेन्टम छ, जुन बुलेटप्रुफ हो । उनी भारत आएको बखत यही गाडीमा यात्रा गर्छिन् । बलिउडका किङ खान शाहरूख खानसँग धेरैवटा विलासी गाडी छन् । तीमध्ये उनीसँग मर्सिडिज–बेञ्ज एस ६०० गार्ड बुलेटप्रुफ कार छ ।

अभिनेता तथा राजनीतिज्ञ सनी देओलसँग ओडी एड र रेञ्ज रोवर अटोबायोग्राफी जस्ता बिलासी गाडी छन्, जबकि उनलाई मनपर्ने गाडी ओडी हो, किनकि यो बुलेटप्रुफ छ ।

बलिउडका हेण्डसम हंक ऋतिक रोशनसँग मर्सिडिज बेञ्ज बी क्लास गाडी छ, जुन बुलेटप्रुफ हो ।