पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि
ढुसी काेराेन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  पुष ३०, २०७८

पछिल्लो २४  घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना पोजिटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा ४ हजार २०४ जनामा र ७ हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।