मधुवन पौडेल: कूटनीति, सदाचार र लेखनका सङ्गम

मधुवन पौडेल: कूटनीति, सदाचार र लेखनका सङ्गम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  माघ १, २०७८

कूटनीतिक वृत्तमा काम गर्ने भएकोले कलकत्तामा रहँदा थुप्रै कथा लेख्नु भएको छ मधुवन पौडेलले । वर्ष भरी कुल्ली काम गरेर घर फिर्दा कम्ब्याट ड्रेस किनेर लाउने लाहुरेको पीडा, बेचिएका चेली उद्धार गर्न जाँदा घर गएर के गर्नु हामीलाई कसैले स्विकार्दैन बरु यहीँ कोठीमै बस्ने हो भन्ने थुप्रै दृश्य उहाँले देख्नु भएको छ । त्यसको अनुभूति गर्न सक्नुहुन्छ पौडेल । 

दूतावासका कर्मचारी भएका नाताले बेचिएका चेलीको उद्धार गर्न पनि धेरै पटक जानु भएको छ । उहाँको श्रीमतीलाई दक्षिणेश्वर मन्दिरमा जान रमाइलो लाग्ने । अनि मन्दिरमा जाँदा उहाँलाई पुलिसले सुरक्षा समेत लिने गर्थ्यो कारण केटी बेचबिखन गर्ने दलाले उहाँलाई मार्ने समेत धम्की दिएका थिए ।   

०००

उहाँ ५/६ वर्षको उमेरमा ठूलो बुवासँग बसेर पढ्न भनेर रानीपोखरी हाइस्कुलमा भर्ना हुनुभयो । त्यसपछि बुवालाई के चित्त बुझेन कुन्नि महाबौद्धमा नयराज पन्तको स्कुलमा राखिदिनुभयो । पछि पन्तले भोलानाथ पौडेलले तिम्रो गाउँमा स्कुल खोलेका छन् भनेपछि लुभुमै आउनु भयो । 

त्यहाँ सुरुमै रघुवंश, अष्टाध्यय, लघु कौमुदी तथा केही बिजगणितका सूत्र पनि पढ्नुभयो । तर, संस्कृतको यो रघुवंश, अष्टाध्यय, लघु कौमुदी र बिजगणीतको सूत्रले उहाँलाई तान्न नसकेपछि र अरु साथीले अङ्ग्रेजी पढेको देखेपछि गाउँकै एक जना शिक्षकसँग अङ्ग्रेजी पढ्नुभयो । 

अङ्ग्रेजी बाहेक अरु सबै उहाँलाई आउँथ्यो त्यस कारण एकै पटक बाको स्कुल इमाडोलमा ६ कक्षामा भर्ना हुनुभयो । अनि पहिलो भएर ७ कक्षामा पद्मोदय मावि पुतलीसडकमा भर्ना हुनुभयो । कमिज सुरुवाल र गाउँको दलितले सिलाएको जुत्ता लाएर आएको केटो यहाँ पनि पहिला भयो । 

पहिले उहाँको डेरा कुपण्डोल थियो । राजाको एडिसीको छोरा थिए साथी । उनी पछि दरबार सरेपछि उहाँ एक्लै हुनुभयो । र, पद्मोदयको पछाडि रहेको उहाँहरूको पुस्तौनी घरमा माइलो बाजेको माइलो छोराहरूसँग बस्न थाल्नुभयो । तर, पढ्ने वातावरण भएन । अनि एक्लै बस्न थाल्नुभयो । 

उहाँ पहिलो बेन्चमा बस्न भनेर ९ बजे नै स्कुल पुगेर किताब राख्नुहुथ्यो । तर, त्यस बेलाका दादाले उहाँका किताब पछाडि हुर्‍याइदिन्थे । ती साथी अहिले सचिवबाट अवकाश भएका छन् । उहाँले यो कुरा सम्झाउँदा हाँस्छन् । 

०००

उहाँको हजुरबा पनि जंगी अड्डामा निजामतीको कर्मचारी हुनुहुन्थ्यो । पछि जुद्ध शमशेरले मन पराएपछि उहाँलाई तँ हाकिम भइस् भनेर हाकिम बनाइदिनु भयो । तर, हाकिम भनेको मुखिया, खरिदार केही हुनुपर्छ । 

उहाँको बुबा २००५ सालको हेडमास्टर । ४० वर्ष त हेडमास्टर नै हुनुभयो । हरिसिद्धिको आधार स्कुलमा । त्यसबेला यहाँ अमेरिकनहरूले एउटा आधारभूत तालिम दिएका थिए । बेसिक ट्रेनिङ अर्थात् (बिटी) । त्यसबेला, बिएबिटी लेख्ने चलन थियो । 

पछि उहाँ सरुवा भएर इमाडोलको महेन्द्र आदर्श विद्यालय जानुभयो । अनि जागिरबाट अवकाश हुँदा पनि उहाँको काम देखेर त्यसबेला शिक्षामन्त्री केशरबहादुर विष्टले शिक्षा मन्त्रालयमा काम गर्न बोलाएका थिए । तर, म त्यति टाढा काम गर्न जान्न भनेपछि उहाँलाई दुई/दुई वर्ष गरेर चार वर्ष थपियो हेडमास्टरको अवधि । यसरी ४० वर्ष लामो उहाँको अध्यापन हेडमास्टरदेखि हेडमास्टरसम्ममा टुङ्गियो । 

उहाँको ठूलोबुवा श्रीराम पौडेल पनि पिडिओबाट अवकाश प्राप्त गर्नुभएको हो । उहाँको पद्मोदयको पछाडि उहाँको ५ रोपनी जग्गा र घर थियो । फुपूका लागि भनेर बानेश्वरमा घर किनिएको थियो । अनि पकनाजोलमा पनि घर । त्यस अर्थमा उहाँको परिवार एक सम्पन्न र सुशिक्षित परिवार । 

उहाँको दुई भाइ अनि दुई बहिनी । 

०००

उहाँ बसिरहेको कोठामा खानपान नमिलेपछि पुरु रिसाल र भैरव अर्यालको कोठामा सर्नुभयो अलि पर उकालोमा थियो उहाँहरूको कोठा । त्यहीँ बस्नुहुन्थ्यो । 

पुरु रिसाल र भैरव रिसालका पिताजी गोबद्धर्न रिसाल उहाँको पुस्तैनी पुरेत हुनुहुन्थ्यो । त्यसकारण उहाँलाई पुरु रिसालले कोठामासँगै बस्न बोलाउनु भएको थियो । 

अनि उहाँले लेख्न सिकेको भनेको त्यहीँ हो । त्यहाँ कोठामा पुरु रिसाल र भैरव अर्याल रातभर केही लेखिरहन्थे । त्यहाँ रोचक घिमिरे, रमेश विकलदेखि त्यस बेलाका नाम चलेका साहित्यकार सबै आउँथे । उहाँ त्यहाँ ९ महिना जति बस्नु भयो । 

एक पटक हरि खनाल भन्ने मान्छे हामी रेग्मीको कर्मचारी, तपाईँले अर्डर गर्ने हामीलाई भनेर झगडा गर्न समेत आए । अनि उहाँले अस्ति रेग्मी जाँदा किन नभनेको । मैले त काम छोडेर राजीनामा समेत दिई सेकको मान्छेलाई के भन्नुहुन्छ भेपछि चुप लागे । 

भैरव अर्यालको मेहनतले उहाँलाई लोभ्याउँथ्यो । पञ्चायत के कस्तो, के कति भन्ने पञ्चायत बुझाउने भन्ने साना साना किताब नै तयार पार्थे । जसको ५० रुपैयाँ आउँथ्यो । त्यो ज्ञान कहाँ बाट आएको हो उहाँलाई अचम्म लाग्छ ।  कविता पनि साह्रै सुन्दर लेख्ने । अक्षर पनि छापा जस्ता थिए । उहाँले धेरैका लागि कविता लेखिदिनु भएको छ । त्यहाँ पनि धेरै मान्छेको भेटघाटले पढाइ नभएपछि उहाँ डेरा सर्नुभयो । 

त्यसबेला भैरव रिसाल भने शाखा अधिकृत भएर हुम्ला जुम्लातिर हुनुहुन्थ्यो । त्यस कारण जुम्लामा उज्यालो भन्ने उहाँले एउटा कार्यक्रम नै गर्नुभयो । उहाँले पनि पछि ५ हजारका दरले तीन वटा घरमा राख्नका लागि सौर्य बत्ती दिनु भएको थियो । 

०००

पुरु रिसालले त्यसबेला अन्तर विद्यालय स्तरीय कवितामा स्वर्ण पदक जित्नुभयो । यो देखेर उहाँले पनि कविता लेख्न खोज्नु भएको भैरव अर्यालले हैट ! यो कविता–सविता पनि लेख्छन् भन्नुभयो । 

अनि उहाँले त्यसबेला पद्मोदयले नै आयोजना गरेको प्रतियोगितामा उहाँहरूलाई थाहा नदिईकन कविता दिनुभयो ।उहाँ प्रतियोगितामा दोस्रो हुनुभयो । त्यसपछि हल्ला भयो । उहाँले कविता लेख्ने कुराको  उहाँ त्यसबेला ८ कक्षामा पढ्नु हुन्थ्यो भने पुरु रिसाल १० कक्षामा । पुरु रिसाल त्यसबेला विपिन कोइरालालाई हराएर विद्यार्थी युनियनको अध्यक्ष समेत हुनु भएको थियो । 

 अनि यो कविता लेखेर भएन भनेर उहाँको डेरा महाबौद्धमा सारिदिनु भयो । भाडा भने ३ रुपैयाँ । 

०००

हेडमास्टर ईश्वरराज अर्याल उहाँको बुबा अमेरिकीले दिएको बिटी तालिमसँगै लिएको कारण मित्रता थियो । छोरो कविता लेखेर बिग्रेला भनेर उहाँलाई यसो हेरिदिन भन्नु भएको थियो । 

उहाँलाई बेला बेला त्यहाँ सानो मान्छे छ ७ कक्षामा यसो हेर्नु है पनि भन्नुहुन्थ्यो । भेटमा नाक काट्लास् पनि नभनेको होइन । उहाँ पहिलो हुनुभयो । अनि सबैका अगाडि राखेर उहाँलाई गोपालको छोरो यो बाउ पनि तेज थियो छोरो पनि रहेछ भनेर भन्नुभएको थियो । 

०००

७ कक्षामा पहिलो भएर ८ कक्षा गएको मान्छे पछि भने उहाँ तेस्रो हुनुभयो । पछि पुतलीसडकदेखि महाबौद्धसम्म जाँदा छोरालाई गाडीले किच्छ भनेर उहाँको स्कुल सर्‍यो दरबार हाइस्कूल । उहाँले ५/६ महिना पढेर ९ कक्षाको परीक्षा दरबार स्कुलबाट दिनुभयो । 

उहाँ महाबौद्धको डेरामा अभिभावक विहीन जस्तो भएर बस्नुभयो । हुनत् भोलानाथ पौडेल पनि उहाँको कोठामाथि नयराज पन्तको संशोधन मण्डलीमा काम गर्न त्यतै बस्नुहुन्थ्यो । 

तर, लामाटारको स्कुल छोडेर गएका हत्पति बोल्न खोज्नुहुन्नथ्यो । तर, उहाँको भने बाजे पर्ने हुनाले उहाँ भने भेट्दा खुट्टामा नै ढोग्नुहुन्थ्यो । 

पद्मोदयको माहौलमा पढेको मान्छेलाई दरबार स्कुल पढ्न मन लागेन । अनि उहाँले बुबालाई म दरबार हाइस्कूल पढ्दिन भन्नुभयो । 

०००

कहाँ पढ्ने त भन्दा गाउँका एक जना नेपाली शिक्षक थिए विष्णुप्रसाद उनी जेपीमा पढाउँथे त्यही पढ्छु भन्नुभयो । त्यसबेला जेपी पद्मोदय भर्ना हुनै मुस्किल थियो । 

उहाँको बुबाले काका यो जेपी पढ्छु भन्छ यसलाई भर्ना गरिदिनु पर्‍यो भन्नुभयो । उहाँले लिएर जेपीमा जानुभयो । 

जेपीका त्यस बेलाका हेडमास्टर रामजी प्रसाद शर्मा व्हाइट रामजी र उहाँको बुबाको चिनजान रहेछ । रामजीसर अमेरिका गएका कारण आरटीको तालिममा बस्न नपाउनु भएको रहेछ । 

उहाँले जेपीबाट २०२१ सालमा एसएलसी दिनुभएको हो । ५ हजारले जाँच दिएकामा ३७ जनाले फस्ट डिभिजन ल्याएका थिए । ३ सय हाराहारी सेकेन्ड डिभिजन अनि १२/१३ सय पास । उहाँ सेकेन्ड डिभिजनमा पास भएर त्रिचन्द्र कलेजमा आइएस्सी भर्ना हुनुभयो । 

०००

त्यसबेला आइएस्सी भर्ना हुनका लागि तीन वटा टेस्ट दिनु पर्थ्यो । उहाँको साथी ध्रुव पराजुली फेल भएपछि उहाँलाई सेकेन्ड डिभिजनले जाने भने रसिया हो । इन्डिया पाइँदैन भनेपछि उहाँको उक्साहटमा लागेर उहाँले आइएको फर्म भर्नुभयो । 

उहाँले उक्त कुरा बुबालाई भन्नु भएको थिएन । भनेपछि बुबा एकदमै रिसाउनु भयो । फेल नै भए पनि के हुन्थ्यो र । अनि आइएको किताबै नदेखेकोले के पास गर्छस् पनि भन्नुभयो । 

दसैँ लगत्तै पछि उहाँलाई टाइफाइड भयो । दुई महिना सतायो । ललितपुर उपमहानगरका तत्कालीन मेयर डा बुद्धिराज बज्राचार्यले सल्फा डाइजिन दिए । ठिक भएन । अनि घरेलु औषधि पनि थुप्रै खानुभयो बल्ल ठिक भयो ।

०००

आईस्सी र आइएको अङ्ग्रेजी र नेपाली सबै मिल्थ्यो तर, उहाँले भने अर्थशास्त्र, इतिहास आदि लिनुभयो । राम्रो ठिक नभएको हुनाले जाँच नदिने दबाब थियो । उहाँले रोइकराइ गरेपछि उहाँलाई बोकेर डेरमा ल्याइयो । 

अनि बिए पढ्न मेट्रो कलेज जानुभयो । तर, त्यहाँ अङ्ग्रेजी छैन भनेपछि उहाँ पाटन आउनु भयो । पढ्ने ४/५ जना जसमा राजा ज्ञानेन्द्र पनि थिए । उनी कलेज आउने कुरै भएन । पढ्नलाई कलेज गए पनि जाँच भने प्राइभेट दिनुभएको हो उहाँले ।

अङ्ग्रेजी र इतिहासको परीक्षामा उहाँको सबैभन्दा धेरै नम्बर आयो । ४० अनि ७१ । इतिहासको जाँच उहाँले अङ्ग्रेजीमा दिनु भएको थियो । रामावतार यादव, नारायण प्रसाद श्रेष्ठ, सुप्रभा घिमिरे जस्ता हस्तीले पढाउँथे अङ्ग्रेजी । 

पाटन कलेजबाट बिए गरेपछि उहाँले त्रिभुवन विश्वविद्यालयमा एमए जवाइन गर्नुभयो । तर, त्यसै बेला श्रीमती गर्भवती भएका कारण बुबासँग पैसा मागेर के पढ्नु भनेर पढाइ अगाडि बढाउन सक्नु भएन । 

उहाँले जगदम्बा छात्रवृत्ति पाउनु भयो । त्यो भनेको ३० रुपैयाँ महिनाको किताब किन्न १ सय ७५ अनि भर्ना हुने । 

उहाँलाई बुबाले रिसाएर खर्च दिन्न भन्नु भएको खर्च यसैले टर्थ्यो । भाइ–बहिनी पनि थिए कोठामा । काठमाडौं मञ्जेश्वरीमा । भाडा थियो वर्षको १ सय १० । त्यसमा घरबेटीले बिहान, बेलुका एक गाग्री खाने पानी ल्याइदिन्थे । 

०००

उहाँहरूले पहिलो पटक जीएए भन्ने हाजिरी जवाफ प्रतियोगिता पनि जित्नुभयो पाटन क्याम्पसबाट । हाजिरी जवाफमा सोधिएका ९ वटा प्रश्न मध्ये ८ वटाको उत्तर उहाँ एक्लैले दिनु भएको थियो । 

उहाँको समूहमा मानविकीका पूर्व डिन पुष्कर राजभण्डारी, सन्तोष घर्ती र मदन गोपाल प्रधान हुनुहुन्थ्यो । सन्तोष घर्ती र मदन गोपाल प्रधानको भने निधन भइसकेको छ । 

००० 

उहाँले पहिले खर्च चलाउन रणमुक्तेश्वरको एउटा स्कुल पनि पढाउनु भयो त्यसताका ।

पहिले उहाँले  सोल्टी होटेलमा ओवेरायले तालिम दिने कुरा भएपछि इन्भेन्ट्री म्यानेजमेन्टको तालिम लिनु भएको थियो । 

विज्ञान पढेको पुरानो ब्याकग्राउण्डकोे कष्ट एनलाइसिसको प्रश्न सोधेको थियो । उहाँ छानिनु भयो । तीन महिना तालिम पनि गर्नुभयो । 

तालिम सञ्चालक थिए बिएल खोसला । उहाँलाई व्यवस्थापन तालिमका लागि इन्डिया पठाउने कुरो पनि थियो । तर, जाँड, रक्सी चुरोट खाने माहौलका कारण उहाँले तालिम सकिएको तीन दिनमा छोड्नु भयो । 

महेश चन्द्र रेग्मीले अलि राम्रो अङ्ग्रेजी भएको एक जना भरपर्दो केटो खोजिदेऊ भनेर पुष्कर राजभण्डारीको दाइलाई भन्नु भएको रहेछ । पुष्कर उहाँको साथी । अनि जुर्‍यो महेशकोमा अनुवादको जागिर । 

अनि त्यसपछि उहाँले महेशचन्द्र रेग्मीकहाँ करिब साढे ३ वर्ष अनुवादको काम गर्नुभयो । त्यहीँ काम गर्दा गर्दै बिएल अनि एमए पास गर्नुभयो पौडेलले । 

त्यसबेला अधिकृतको तलब ४ सय थियो । तर, उहाँ भने ७/८ सय कमाउनु हुन्थ्यो । तर, पुष्करको दाइले अरु कुरा छोड ३ सय ५० दिने गरी म कुरा गर्दिन्छु भनेपछि सुरु भएको हो रेग्मीकहाँ काम । उहाँ भएकै बेला रेग्मीले म्यागासेसे पुरस्कार पाउनु भएको हो । 

०००

पुराना पत्रकार तथा काँग्रेसका नेता होमनाथ दाहालले ऋषिकेश शाहको हामी कता भन्ने लेख त्यहीँ ल्याएर अनुवाद गराउनु भएको थियो । त्यसबेला दाहाल र शाहलाई पञ्चायत विरोधी काम गरेको भनेर समात्यो पनि । 

त्यसबेला नेपालीमा निस्कने पत्रिकाको अङ्ग्रेजी अनुवाद गर्नुपर्ने थियो । न्युज एन्ड भ्यूज थियो शीर्षक हरेक दिन निस्कने । अनि साप्ताहिक रुपमा नेपाल प्रेस डाइजेस्ट निस्कन्थ्यो । 

त्यसबेला नेपाल प्रेस डाइजेस्ट हरेक दूतावास तथा अमेरिकामा समेत जान्थ्यो । त्यसबेला रेग्मी भिजिटिङ प्रोफेसर भएर वर्षको दुई महिना क्यालिफोर्निया युनिभर्सिटीमा जानुहुन्थ्यो । 

रेग्मीकहाँ डा.भेषबहादुर थापा, चूडाबहादुर हमाल, डा. हर्क गुरुङ, हाल केण्टकी युनिभर्सिटीका डिपार्टमेन्ट हेड सिंह आदि देशका दिग्गज मान्छे काम गर्थे रेग्मीकहाँ । 

०००

रेग्मी अमेरिका जाँदा दुई महिना सबै कामको जिम्मा उहाँको हुन्थ्यो । तर, त्यसबेला उहाँ दुग्ध विकास संस्थानमा काम गर्नुहुन्थ्यो । अनि हरेक दिन ७ बजे अफिस पुगेर कसको के काम भनेर सबैको टेबलमा स्टीच गरेर कामका बारेमा लेखेर राखिदिनु पर्थ्यो । बेलुका अफिस छुटेर फेरि रेग्मीको अफिसमा आउनुहुन्थ्यो के के काम भयो भनेर । 

आफ्नै गाउँको नाउको कथालाई उहाँले अलि फरक परिवेशमा लेख्नु भएको थियो जसलाई उहाँको बंगाली मित्रले अनुवाद समेत गर्नुभएको थियो । कलकत्तामा रहँदा उहाँ राइटर गिल्ड, प्रेस क्लबको सदस्य समेत हुनुभयो जसले उहाँलाई साहित्य पढ्न तथा ज्ञान वृद्धि गर्न ठुलो मद्दत गर्‍यो । 

तर, एक पटक हरि खनाल भन्ने मान्छे हामी रेग्मीको कर्मचारी, तपाईँले अर्डर गर्ने हामीलाई भनेर झगडा गर्न समेत आए । अनि उहाँले अस्ति रेग्मी जाँदा किन नभनेको । मैले त काम छोडेर राजीनामा समेत दिई सेकको मान्छेलाई के भन्नुहुन्छ भेपछि चुप लागे । 

रेग्मीले उहाँलाई पढ्दै गरेको राम्रो केटो मेरोमा मात्र काम गरेर काम छैन लोकसेवा देऊ भन्नुभयो । उहाँले विकास समिति र कर्पोरेसन दुवै ठाउँमा नाम निकाल्नुभयो । 

०००

त्यसबेला ललिता भन्ने साहित्यिक मुख पत्र निस्कन्थ्यो । विदुर खड्काले धौलाश्री भन्ने पत्रिका निकाल्थे । ललितामा उहाँले पहिलो कथा फकिरको झोली निस्किएको हो । 

प्रकाशन समितिको अध्यक्ष पूर्व उपकुलपति रामचन्द्र बहादुर सिंह हुनुहुन्थ्यो । उहाँले यो कथा–सथा लेखेर काम लाग्दैन भनेर भन्नुभयो । यो अङ्ग्रेजी पढ्ने मान्छे । मैले उसलाई एउटा अङ्ग्रेजीमा कथा लेख्न लगाएको छु यो चाहिँ फिर्ता गरेर उसलाई पनि बोला भनेर भन्नुभयो सिंहले । 

उहाँले रोल अफ फिलो फर्स अफ भन्ने जाँचमा लेख्नु भएको कुरालाई काँटछाँट गरेर एउटा लेख लेख्नुभयो । त्यसपछि उहाँको कथा लेख्ने क्रम सकियो । 

०००

रेग्मीकहाँ काम गरेपछि भने उहाँलाई कथा लेखनमा रुचि बढ्यो । लेखौँ लेखौँ लाग्थ्यो । छाप्ने ठाउँ नभएको हुनाले कापीमा लेखेर राख्नुहुन्थ्यो । 

उत्तम कुँवर उहाँको भाइ एउटै डेरामा बस्ने । अनि भाइ चाहिँ दाइको प्रेसमा काम गर्थे । उहाँलाई प्रेसमा लिएर गएका थिए उनले । अनि उहाँले लेख्ने बानी छैन भनेर सोधेसँगै एउटा कथा लिएर आउन पनि भन्नुभयो । 

उहाँले बिरामी बच्चाको बारेमा कथा लेखेर दिनुभयो । कथा भने उहाँको आफ्नो छोरो बिरामी भएको बेला उसको अनुहारको भाव सम्झँदै लेखेको कथा थियो । तर, कथाका रुपमा आउँदा भने वयस्क मान्छे पात्र भएर आएको थियो । उहाँको छोराको नाम अनुपम कथाको पात्रको नाम पनि अनुपम नै रहेको छ । 

कथा रूपरेखामा छापियो । अनि कुँवरले लेख छापिदिन्छु भनेपछि लगातार ६/७ वटा कथा छापिए । उहाँको लगभग १८/१९ वटा कथा छापिए रूपरेखामा । 

एक दिन डेराको बाहिर नारायण बहादुर सिंहले उहाँलाई मधुवन पौडेल भनेको तपाईँ हो भने । कसरी थाहा पाउनु भयो भन्दा रूपरेखामा छाप्नका लागि फोटो बन्दै छ उस्तै लागेर सोधेको । उहाँले हो भनेपछि मलाई पनि कथा लेउ भनेपछि रूपरेखा बाहिर उहाँको कथा छापियो । 

०००

उहाँ परराष्ट्रमा आइसकेपछि कुमार ज्ञवालीसँग भेट भयो । ज्ञवाली र कुँवर मिल्ने साथी । ल जागिर पनि एकै ठाउँमा परेछ ज्ञवाली पनि निकै खुसी हुनुभयो । 

साझामा काम गर्ने गोकर्ण खड्काले निवेदन सहित पाण्डुलिपी ल्याएर छोड्यो भने स्तरीय भएका खण्डमा छापिन्छ भन्नुभयो । 

उहाँ निवेदन र पाण्डुलिपी दिएर जानुभयो ढाका जानुभयो । क्षेत्रप्रताप अधिकारी महाप्रबन्धक हुनुहुन्थ्यो । ढाकामा राजदूतसँगको एउटा कार्यक्रममा क्षेत्रप्रताप अधिकारीसँग चिनजान भयो । मैले साझामा कथा दिएको छु भन्दा उहाँले एकदमै हल्का ढंगले लिनुभयो । पछि भने छापिएको उहाँलाई थाहा भयो । 

उहाँ धेरै समय पढाइ तथा कामका सिलसिलामा एक्लै भएका कारण धेरै त्यहाँका पात्र र परिवेश समेटिएका छन् उहाँका कथामा । 

आफ्नै गाउँको नाउको कथालाई उहाँले अलि फरक परिवेशमा लेख्नु भएको थियो जसलाई उहाँको बंगाली मित्रले अनुवाद समेत गर्नुभएको थियो । कलकत्तामा रहँदा उहाँ राइटर गिल्ड, प्रेस क्लबको सदस्य समेत हुनुभयो जसले उहाँलाई साहित्य पढ्न तथा ज्ञान वृद्धि गर्न ठुलो मद्दत गर्‍यो । 

उहाँका झन्डै ८ वटा कथाका किताब छन् । तीन वटा प्रज्ञाले, तीन वटा साझाले, एउटा रत्न पुस्तकले र एउटा आसामबाट छापिएको छ उहाँको कृति । मैनाली कथा पुरस्कार र मानश्री आख्यान पुरस्कार पनि पाउनु भएको छ पौडेलले । 

उहाँले उपन्यास लेखन पनि सुरु गर्नु भएको थियो । ६०÷७० पेज पुगेको थियो । तर, कलकत्तामा उहाँको एउटा बाकस हरायो जसमा उहाँको मन पर्ने क्यामरादेखि उपन्यासको पाण्डुलिपी सबै हरायो । 

सबैले उहाँलाई पास हुँदैन भन्थे तर, उहाँ भने पास हुनुभयो । धेरै मान्छेले जाँच दिएका थिए । पास भएपछि उहाँलाई आइएस्सी दिन मन लागेन ।