मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै २३ अंकसहित शीर्ष स्थानमा

मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै २३ अंकसहित शीर्ष स्थानमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ २, २०७८

स्ट्राइकर विमल घर्ती मगरको २ गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता लिएको छ ।

मछिन्द्र ९ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ, जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ-मर्स्याङ्दीभन्दा ४ अंक बढी हो । 

खेलको ५६औँ मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । ब्रिगेड ब्वाइज भने ९ खेलमा ६ अंकसहित १२औँ स्थानमा छ । 

यसअघि नवौँ मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १५औँ मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिँदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।

२६औँ मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रीत सिंहले बचाए ।त्यसको ३ मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरिँदा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो । ४४औँ मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रीत सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए ।

च्यासल युथ क्लबका ९ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हाे ।