सुनकाे मूल्यमा सामान्य वृद्धि, ९२ हजार ४०० रुपैयाँमा  कारोबार

सुनकाे मूल्यमा सामान्य वृद्धि, ९२ हजार ४०० रुपैयाँमा  कारोबार

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ३, २०७८

काठमाडौँ ।  सुन ताेलामा १०० रुपैयाँले वृद्धि भएकाे छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि आइतबार  छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, साेमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । 

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।