सामन्थालाई यशराज ब्यानरबाट ३ वटा फिल्मको अफर

सामन्थालाई यशराज ब्यानरबाट ३ वटा फिल्मको अफर

एजेन्सी  |  लोकरञ्जन  |  माघ ४, २०७८

अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यस सिरिजमा उनको अभिनयले सबै प्रभावित भए ।

यस सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरूले बलिउडमा पाइला चालेको हेर्न चाहेका छन् । उनलाई बलिउडका धेरै फिल्मबाट अफर पनि आइरहेका छन् । प्राप्त खबरअनुसार उनलाई यशराज फिल्म्सले आफ्ना ३ वटा ठूला फिल्ममा अफर गरेको छ ।

उनलाई यशराज फिल्म्सले निकै महँगो पारिश्रमिकमा आफ्ना ३ वटा फिल्ममा अनुबन्धको प्रस्ताव गरेको हो । अभिनेत्रीले पनि यी फिल्ममा अभिनयको चासो देखाएकी छन् । यद्यपि, अभिनेत्री र प्रोडक्सन हाउसले यस विषयमा स्वतन्त्र पुष्टि गरेको छैन ।

सामन्था चाँडै नै ‘द फेमिली मेन’का निर्देशक राज र डीकेका साथ सिटाडेलको स्पिन-अफमा काम गर्दै छन् । उनको हातमा ‘काथु वकुला रेंडु काधल’ (तमिल), ‘शाकुंतलम’ (तेलुगु), ‘यशोदा’ (तेलुगु) र ‘अरेन्जमेन्ट अफ लव’ (इन्टरनेसनल डेब्यु) जस्ता कैयौँ प्रोजेक्ट छन् ।

सामन्था पछिल्लो पटक ‘पुष्पाः द राइज’मा आइटम गर्लका रूपमा देखिएकी थिइन् । उनले यस गीतका लागि ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी थिइन् ।