प्रधानमन्त्री कप टी- २० प्रतियोगिताको उपाधि एपीएफका पोल्टामा

प्रधानमन्त्री कप टी- २० प्रतियोगिताको उपाधि एपीएफका पोल्टामा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ ५, २०७८

नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । 

बुधबार भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपीएफ पुलिसविरुद्ध हाबी भएको थियो ।

१५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा ३ चौका र २ छक्कासहित ६५ रनको योगदान दिएका थिए ।