पीएम कप : एपीएफलाई ५ लाख र पुलिसलाई ३ लाख रुपैयाँ

पीएम कप : एपीएफलाई ५ लाख र पुलिसलाई ३ लाख रुपैयाँ

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ ५, २०७८

विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी- २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।

दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन । पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए ।  यस्तै, दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ बनाए । 

एपीएफका किशोर महतोले सर्वाधिक ३ विकेट लिए । यस्तै, अविनास बोहरा, अमर रौटेला र दीपक बोहाराले समान १ विकेट लिए ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा १ बल बाँकी रहँदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍याे ।  

एपीएपका लागि अमरसिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै, लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे । 

पुलिसको बलिङमा दीपेन्द्रसिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १-१  विकेट लिए ।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’मा ३ विभागीय र ७ प्रदेश गरेर १० व६ा टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेता टोली एपीएफले ५ लाख र उपविजेता पुलिसले ३ लाख प्राप्त गरे ।