इंग्लिस प्रिमियर लिग: युनाइटेडको सहज जीत

इंग्लिस प्रिमियर लिग: युनाइटेडको सहज जीत

लोकसंवाद संवाददाता  |  खेलकुद  |  माघ ६, २०७८

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेष्टर युनाईटेडले सहज जित निकालेको छ । 

बुधबार राति भ्रमणकारी टोली युनाईटेडले ब्रेन्टफोर्डलाई ३–१ अन्तरले पराजित गर्दै १० औं जित निकाल्यो । 

युनाईटेडको जितमा एन्थोनी अलान्गा, मासोन ग्रीनवुड र  मार्कोस रसफोर्डले एक एक गोल गरे । घरेलु टोली ब्रेन्टफोर्डका लागि खेलको ८५औं मिनेटमा इभान टोनीले सान्त्वना गोल गरे । 

यस अघि खेलको ५५औं मिनेटमा एन्थोनीले युनाईटेडलाई सूरुआती अग्रता दिलाए । ६२औं मिनेटमा मासोनले गोल गर्दा युनाईट २–०ले अगाडि बढ्यो । रसफोर्डले ७७औं मिनेटमा गोल गर्दा युनाईटेड सहज जिततर्फ लम्कियो । 

जितपछि २१ खेलबाट युनाईटेड ३५ अंक सहित साँतौ स्थानमा छ । २२ खेलबाट ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ । २२ खेलबाट ५६ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।