प्रधानमन्त्री आउँदा पनि आकाश ठप्प

प्रधानमन्त्री आउँदा पनि आकाश ठप्प

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २, २०७६

काठमाडाैं । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको थियो ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ  र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित  गरेको छ ।