लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी

लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी

एजेन्सी  |  स्वास्थ्य  |  माघ ६, २०७८

हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी)का अनुसन्धानकर्ताहरूले लालीगुराँसमा पाइने तत्त्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।

कोभिड- १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष)मा गरिएको परीक्षणपछि वैज्ञानिकहरूको सो निष्कर्ष आएको हो । 

बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्यामकुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली वनस्पती, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीका बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरूले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।