कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन प्रधानमन्त्रीको निर्देशन

कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन प्रधानमन्त्रीको निर्देशन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  माघ ६, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा संचालन भएका कलेजहरूमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन दिएका हुन् । 

मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानिटाइजर एथेष्ट मात्रामा नभएको पाइएमा केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् ।