कस्तो छ आजको तपाईंको राशिफल ?

कस्तो छ आजको तपाईंको राशिफल ?

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  माघ ७, २०७८

आज  ७ माघ शुक्रबार । तदनुसार २१ जनवरी २०२२ । माघ कृष्णपक्ष चर्तुर्थी तिथि, विष्टीकरण, मघा नक्षत्र, सौभाग्य योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज बिहान ६ः५७ मा सूर्योदय हुनेछ भने ५ बजेर ३४ मिनेटमा सूर्यास्त हुनेछ ।

बिहान १०ः५६ देखि १२ः१६ सम्म राहुकालको समय रहेको छ । त्यसबीचको ११ः५४ देखि १२ः३६ सम्मको अवधिमा अभिजित मुहूर्तको पनि समय रहेको छ । आजका देवता ब्रह्मा र ग्रहदेव शुक्र रहेका छन् । शुक्रबारको दिन विलासिताका सामान खरिद र मनोरञ्जनमूलक कार्यका समय खर्च गर्दा राम्रो मानिन्छ । माघ महिनामा सबैभन्दा बढी स्नानको महत्त्व रहेको छ । सूर्योदय हुनुभन्दा पहिले नै स्नान गर्नु उत्तम मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

रोजगारीको क्षेत्रमा तपाईंलाई सफलता मिल्न सक्छ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको दर्शन गर्दा राम्रो हुनेछ । नयाँ  काम सुरु गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन तपाईंका लागि शुभ दिन भएकाले नियमित काम र योजनामुताविक काम गर्दा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

व्यापार व्यवसायमा अर्थलाभ हुन सक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिक काम गर्दा मनमा खुसी छाउन सक्छ । अध्ययन अध्यापनमा निरन्तर लागिरहनु होला । कसैलाई पनि दुर्वाच्य नबोल्नु, मौन रहनु राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन परिवार र आफन्तजनहरूले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा निराशा उत्पन्न हुन सक्छ । त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईंको मनमा हर्ष छाउनेछ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । आफ्नो नियमित कामबाहेक अन्य काममा ध्यान नदिनुहोला ।  

कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो)

आर्थिक र सामाजिक समस्याले मनमा अनेक खालका समस्या आउन सक्छन् । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नु होला । कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानि हुन सक्छ । मनमा अनेक कुरा खेल्नेछन् । सरकारी काममा विध्न बाधा आएको छ भने आजको दिन सुरुवात गर्दा सफल हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । त्यसैले आज बिहान सूर्योदयको दर्शन गरेर दिनको सुरुवात गर्दा सफलता प्राप्त हुनेछ । कसैसँग विवाद हुने काम नगर्नु होला । परिवारका सदस्यहरूले तपाईंलाई अनावश्यक आरोपसमेत लगाउन सक्नेछन् । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पु.ष.ण.ठ पे.पो)

तपाईंकैे कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । मित्रमण्डलीले दोष लगाउन सक्नेछन् । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीबाट घरमा कुमारी कन्या र महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । 

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईंको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यस कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लागिरहनु होला । कुनै काम बीचमा छाडेको छ भने त्यो कामका पूरा नहुँदा मनमा चिन्ता भइरहन्छ तर काममा निरन्तता दिनु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ ।अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईंको कार्यमा सफलता मिल्नेछ । सामाजिक सेवामा मन जानेछ । घर-परिवारमा सदस्यहरूबीच  सम्बन्ध राम्रो हुनेछ । कसैसँग कामविशेषबाहेक अन्य कुरा गर्दा होस गर्नु होला ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि भएका जातकका लागि दिन बलियो छ । त्यसैले आजको दिन तपाईंले सोचेअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्री जातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा अर्थ हानि र सोचेअनुसार काम नहुँदा निराश हुनुपर्नेछ । योजनामुताविक काम हुँदैन ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

विगतमा तपाईंले गरेको कामबाट मान सम्मान मिल्नेछ । तपाईंलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन कुमारी कन्यालाई भोजन र बस्त्र दिनु उत्तम हुनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउनेछ । व्यापार व्यवसायबाट सफलता प्राप्त हुनेछ । साना बालबालिकालाई लेख्ने, पढ्ने सामग्री दिनु होला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचेअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नु होला । सामाजिक सेवा गर्दा मान सम्मान मिल्नेछ । घरबाहिरबाट आउँदा परिवारका सदस्यलाई केही खानेकुरा लिएर मात्र घर प्रवेश गर्नुभयो भने तपाईंको मनमा उत्साह भरिनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन मौन बस्नु, यात्रा र अनावश्यक कामबाट हानि हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा सुरुवात गर्नु होला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । एकचित्त भएर आफ्नो नियमित काम मात्र गर्नु होला । आजको दिन अर्थलाभ हुनेछ । सिर्जनात्मक कामको सुरुवात गर्नुहोला ।