सुँगुरको मिर्गौला 'ब्रेन डेड' मानिसमा सफल प्रत्यारोपण

सुँगुरको मिर्गौला 'ब्रेन डेड' मानिसमा सफल प्रत्यारोपण

एजेन्सी  |  विदेश  |  माघ ७, २०७८

अमेरिकाको अलबामामा चिकित्सकहरूले वंशाणुगत रूपमा परिवर्तन गरिएको सुुँगुरको मिर्गौला एक 'ब्रेन डेड' मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा विश्वविद्यालयका चिकित्सकहरूले शल्यक्रिया सम्पन्न गरेका हुन् । गत वर्षको सेप्टेम्बरमा मोटरसाइकल दुर्घटनामा परेपछि ५७ वर्षीय जिम पार्सनलाई 'ब्रेन डेड' घोषणा गरिएको थियो । 

शल्यक्रियापछि प्रत्यारोपण गरिएको मिर्गौलाले तत्काल काम गर्न थालेका प्राप्त विवरणहरूमा जनाइएको छ । 

यसै महिना शल्यचिकित्सकहरूले वंशाणुगत रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरेका थिए । डेभिड बेन्नेट नाम गरेका व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएका उनी पहिलो व्यक्ति भएको जनाइएको छ । युनिभर्सिटी अफ म्यारिल्यान्डका चिकित्सकहरूको समूहले गरेको सो शल्यक्रियालाई बेन्नेटले चमत्कार भनेका छन् । 

सो विवरण सार्वजनिक भएपछि एक भारतीयले आफूले २५ वर्षअघि नै सुँगुरको मुटु पत्यारोपण गरेको दाबी गरेका थिए ।