आज मध्यरातिदेखि सवारी साधनमा जोर-बिजोर (आदेशसहित)

आज मध्यरातिदेखि सवारी साधनमा जोर-बिजोर (आदेशसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ७, २०७८

काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका ३ वटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा शुक्रबार मध्यराति जिल्लाभित्र चल्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । 

‘जिल्लाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सवारी साधन संचालन गर्ने’, जारी आदेशमा भनिएको छ । 

साथै, लामो दूरीमा यात्रुको संभव भएसम्म एन्टिजेन परीक्षण गर्नुपर्ने पनि भनिएको छ । 

सवारी साधन प्रयोग गर्दा अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोग गर्न, सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आदेश दिइएको छ । 

बिहीबार जारी गरिएको आदेशमा अर्काे सूचना जारी नभएसम्मका लागि लागू हुनेछ ।

यस्तो छ आदेश :