युक्रेन तनावबीच अमेरिका र रुसका विदेशमन्त्रीको भेटवार्ता हुँदै

युक्रेन तनावबीच अमेरिका र रुसका विदेशमन्त्रीको भेटवार्ता हुँदै

एजेन्सी  |  विदेश  |  माघ ७, २०७८

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रसियाली विदेशमन्त्री सर्जी लाभरोभबीच भेटवार्ता हुने भएको छ । युक्रेनलाई लिएर अमेरिका र रसियाबीच तनाव बढिरहेका बेला २ देशका विदेशमन्त्रीबीच भेटवार्ता हुन लागेको हो ।

रसियाले युक्रेनमा अतिक्रमण गरे गंभीर परिणाम भोग्नुपर्ने विदेशमन्त्री ब्लिनकेनले बिहीबार चेतावनी दिएका थिए । रसियाले युक्रेनसँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । 

उसले युक्रेनमा फेरि हमला गर्न लागेको अमेरिकालगायत उसका गठबन्धन मुलुकहरूले अनुमान गरेका छन् । तर, रसियाले ती आरोप अस्वीकार गर्दै आएको छ ।

राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनलाई नेटोमा आबद्ध दिन नहुने बताउँदै आएका छन् । पूर्वीयुरोपमा सैन्य गतिविधि रोक्न रक्षात्मक गठबन्धन आवश्यक भएको उनको भनाइ छ ।