एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

लोकसंवाद संवाददाता  |  समाचार  |  माघ ९, २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । 

‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजिटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । 

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । 

२ पटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमणबाट पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।