सुनको मूल्य ३०० ले घट्याे, यस्ताे छ बजार भाउ

सुनको मूल्य ३०० ले घट्याे, यस्ताे छ बजार भाउ

लोकसंवाद संवाददाता  |  कारोबार  |  माघ ९, २०७८

साताकाे पहिलाे दिन आइतबार सुनकाे मूल्य प्रतिताेला ३०० रुपैयाँले घटेकाे छ । गत साताकाे अन्तिम दिन शुक्रबारकाे तुलनामा चालू साताकाे पहिलाे दिन आइतबार ताेलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार गत साताकाे अन्तिम दिन शक्रबार  छापावाल सुन तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आइतबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।